१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार



१५ असार । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। प्रदेशसभाबाट विश्वासको मत पाउन विफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन्। यससँगै एमालेले ६ महिनाबीचमा ४ प्रदेशको नेतृत्व गुमाएको छ।

विश्वासको मतका लागि प्रदेशसभामा शुक्रबार भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले ४६ मत मात्रै पाए। बहुमतका लागि ४७ मत आवश्यक थियो। गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत खस्यो। ९३ सदस्यीय प्रदेशसभा बैठकमा ८९ सांसद उपस्थित रहेका थिए।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् । कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका छन् । कार्की नेतृत्वको सरकारले प्रदेशसभामा विस्वासको मत नपाएसँगै अव नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्नेछन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।