५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदीय मामिला पत्रकार समाजमा मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिती



१६ असार । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन्। शनिबार भएको समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

शनिबार भएको निर्वाचनमा उपाध्यक्षमा किरण दहाल र उपाध्यक्ष (महिला० सृजना घिमिरे विजयी भए । यस्तै, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा निर्वाचित भए।

यस्तै, समाजको कोषाध्यक्षमा फोटो पत्रकार अमुल थापा निर्वाचत भएका छन्। कार्यसमिति सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मत चनय भए। समावेशी सदस्यद्मा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भए।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरुको साझा संगठनको रुपमा समाज रहेको छ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।