१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कपनमा महिला सहित ६ जना जुवातास खेल्दै गरेको अवस्थामा फेला



१६ असार । काठमाडौंको कपनमा महिला सहित ६ जना जुवातास खेल्दै गरेको अवस्थामा फेला परेका छन् ।
प्रहरीकमा अनुसार काठमाडौं महानगरपालिका ६ कपन साततले चोक डेरा गरी बस्ने निमा राईको होटलमा जुवातास खेलिरहेको अवस्थामा चितवन जगतपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० कपन शिवमन्दिर बस्ने ४० वर्षीया माया तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : १७ बजे