१७ असार । पार्टीका नेताहरुसँग फोटो खिचाउँदै हिँड्ने र आफुलाई जनक राउत भनेर चिनाउन चाहने जुठे राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–८ घर भई शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो । जेठ २ ललितपुर प्रहरीले प्रभाग बालकुमारी र प्रहरी वृत कालिमाटीमा पत्राचार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
क्यानडा पठाउँछु भन्दै ठगेको आरोपमा वैदेशिक रोजगार विभागले राउतविरुद्ध मुद्दा चलाएको छ । विभागले नै राउतलाई बानेश्वर प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा राउतविरुद्ध पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।
१७ असार २०८०, आइतबार
528
Shares
प्रतिक्रिया