१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म ‘काँडेतार’लाई १० लाख प्रदान



१७ असार । फिल्म ‘काँडेतार’लाई चलचित्र विकास बोर्डले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । शनिबार आयोजित बोर्डको २३ औं वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मलाई उक्त राशी प्रदान गरिन् ।
स्टोरी बैंक (कथा संग्रहालय)अन्तर्गत ‘काँडेतार’को कथालाई उत्कृष्ट ठह¥याउँदै बोर्डले रकम प्रदान गरेको हो । गत वर्ष बोर्डले स्टोरी बैंकका लागि सार्वजनिक रुपमा कथा आह्वान गरेको थियो । नवल खड्का निर्देशित र निर्मित यो फिल्मले नेपालमा विदेशी हस्तक्षेप, सीमा अतिक्रमणविरुद्धको सन्देश दिन्छ । यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।
पुरस्कार ग्रहण गर्दै निर्देशक तथा निर्माता खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्मलाई सरकारले सहयोग प्रदान गरेकोमा स्वदेशी फिल्मको प्रवर्द्धनमा सहयोग पुगेको महसुस गरेको बताए । २०७७ सालमा बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणका लागि प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : २१ बजे