१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ



१८ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आज थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन् ।

सरकारी लिखत किर्ते मुद्दामा तीनै जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या सातजना पुगेको छ ।

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।