९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एसीसी यु–१६ इस्ट जोन कपको उपाधि नेपाललाई



१९ असार । नेपालले एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । योसँगै नेपालले इस्ट जोन कपको उपाधि तेस्रो पटक जितेको छ । यसअघि नेपालले २०१७ र २०१९ मा पनि यु–१६ को उपाधि जितेको थियो ।

नेपालले दिएको २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो । मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । यस्तै अशोक धामी र सन्तोष गैरेले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए ।

निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । सुर्यांशु कोइरालाले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए । मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले पराजित गरेको थियो । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ४५ बजे