८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अब ललितपुरका ज्येष्ठ नागरिकलाई घरमै आँखा उपचार



१९ असार । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका सम्पूर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच ‘ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् ।
महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको घरघरमै गएर विभिन्न समस्याहरूको परीक्षण गर्नेछ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : १९ बजे