१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितानिवास प्रकरणमा पक्राउ परेकामाथि संगठित अपराधमा समेत अनुसन्धान हुने



१९ असार । ललितानिवास प्रकरणमा पक्राउ परेका आरोपितलाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेकाहरुलाई किर्तेसहित संगठित अपराधमा पनि अनुसन्धान गर्न माग गर्दै हिरासतमा राख्न थप समय मागेको छ ।
सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युत नेउपानले यसअघि किर्तेमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति माग गरिएको र आज संगठित अपराधसमेतको अभियोगमा म्याद थप गर्न माग गरिएको बताए ।

उत्तः प्रकरणमा हालसम्म नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन, काठमाडौं महानगरपालिका सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी धमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनसहित भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, गोपाल कार्की पक्राउ परेका छन् ।

त्यस्तै, कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी भने सर्वोच्च अदालतको स्टे अर्डर देखाएर रिहा भएका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।