२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपचार गर्दा लागेको खर्च नलिने घोषणा गरेका राष्ट्रपति पौडेललाई ५५ लाख रुपैयाँ, अर्थलाई पत्र ‍



२० असार । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका लागि खर्च गरेको विल भर्पाइ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयमा पत्राचार गरेको छ ।
राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि २०८० वैशाख ६ गते श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरि वैशाख १७ मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किका थिए । त्यसक्रममा खर्च भएको ५५ लाख ४ हजार ६ सय ५४ को विल भर्पाइ भुक्तानीका लागि परराष्ट्रले अर्थमन्त्रालयलाई पत्र पठाएको हो ।
विल भपाई भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको च.नं.८३७ मित २०८०/०३/११ वाट स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ रुपैयाँ अर्मन्त्रालयबाट सहमति प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको विल भपाई बमोजिमको रकम सम्वन्धीतलाई भुक्तानी दिने प्रयोजनका लागि रु.५५,०२,२७९/- (अक्षररुपी पचपन्न लाख दुई हजार दुई सय उनासी मात्र ) तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागी अर्थ मन्त्रालयमा लेखि पठाउन मिति २०८०।०३।१८ को निर्णय ( सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरु यसै साथ संलग्न राखी पठाईएको व्यहोरा सादर अनुरोध गरिन्छ’ परराष्ट्र मन्त्रालयको आर्थिक प्रशासन शाखाका उपसचिव भेषप्रसाद भुर्तेलको हस्ताक्षरको पत्रमा भनिएको छ ।

यसअघि राष्ट्रपतिको सचिवालयले पौडेलको उपचारमा लागेको खर्च उनले आफैं व्यहोर्ने बताएको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।