२० असार । ललितपुर महानगरपालिका मातहतमा रहेका १५ सहकारी समस्याग्रस्त रहेका छन् । बचतकर्ताको रकम उठाउन दुई वर्ष अगाडि एक सहकारीको नाममा प्रहरीलाई खबर गर्नुपरे पनि अहिले त्यस्तो अवस्था नरहेको महानगरले जनाएको छ ।
ललितपुरमा ३१९ सहकारी रहेकामा नियमित साधारण सभा तथा लेखापरीक्षण नगर्ने १५ सहकारीलाई कारवाही गरिएको छ ।
महानगरले १४ फागुनमा १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको थियो । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने त्यस्ता सहकारी संस्था खारेजी गरिएको महानगरको भनाइ छ ।
खारेजी भएका सहकारीको नाममा कुनै कारोबार गर्न नपाउने कानुनी व्यवस्था महानगरले गरेको छ ।
प्रतिक्रिया