२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्ध संसदमा विराेध गर्ने



२० असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही सोमबार दिएको एक विवादित अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा विरोध गर्ने भएको छ ।

बुधबार संसद भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको सचेतक महेश बर्तौलाले बताए ।

बैठकपछि एमाले सचेतक बर्तौलाले असार १८ गते प्रधानमन्त्रीले देशको स्वाभिमान र सार्वभौम सत्ताविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको बताए । यो सामान्य विषय नभएको र एमालेले यसको सशक्त विरोध गर्ने उनको भनाइ थियो ।

आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह बारम्बार दिल्ली गएको बताएका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।