२० असार । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषी ठहर गरेको थियो भने सजाय निर्धारण बुधबार भएको हो ।
अदालतले सही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।
गौचनको २०७४ असोज २३ गते काठमाडौंको बानेश्वरमा गोली हानी हत्या भएको थियो ।
प्रतिक्रिया