७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लेले–लगनखेल–रत्नपार्क रुटमा बिहीबारदेखि साझा बस चल्ने



२० असार । साझा यातायातले बिहीबारदेखि ललितपुरका शहरउन्मुखसहित भित्रि शहरी क्षेत्रलाई काठमाडौं शहरसँग जोड्ने गरी नयाँ रुटमा बस सेवा थाल्ने भएको छ । साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क) रुटमा सेवा थाल्न लागेको हो ।

साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ०१ बजे