१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा तीन जना मृत अवस्थामा फेला



२१ असार । राजधानी काठमाडौंका विभिन्न ठाँउमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुरको भक्तपुर नगरपालिका २ ब्यासी खस्राङखुसरुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले बुधबार गरेको जारी अपराध बुलेटिनका अनुसार काठमाडौं बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती तल्लो चिसेनीमा सोही ठाउँ बस्ने ६० वर्षीय रबिन्द्र भन्ने रबिन तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका ७ गौरीघाट कुमारीगालस्थित सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १ : ०६ बजे