१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका समिक्षा अधिकारीले रुदै भनिन्, ‘दश लाख लिएकी छैन’



२१ असार । गायिका समिक्षा अधिकारीले अभिनेता पल शाहसँग १० लाख रुपैयाँ आफूले नलिएको बताएकी छिन् ।
अन्तवार्तामा उनी अर्को जन्ममा छोरी भएर जन्म लिन नपरोस भन्दै आँखा छोपि रोएको दृश्य सार्वजनिक भएको छ ।
बलात्कारको अभियोगमा एक वर्ष जेल बसेर फर्केका अभिनेता पल शाहसँग धरौटीको पैसा नलिएको बताउँदै उनी अन्तर्वार्तामै आँसु खसालेकी हुन् । गायिका अधिकारी रोएको भिडियो सामाजिक सञ्जालमा यत्रतत्र भेटिन थालेकोे छ ।

अभिनेता शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् ।
उनले अन्र्तवार्तामा भनेकी छिन्, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’
‘दाइले दुई–तीन वर्ष दुबईमा बसेर दुःख–संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौं । तर, मान्छेहरुले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए । त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला ?’ उनले भनेकी छिन् ।

न्युज २४ टेलिभिजनको एक अन्र्तवार्ता गायिका अधिकारीले स्टेजमा गीत गाँउदा दर्शकहरुले ढुंगा हान्दा हात दुख्नुभन्दा पनि धेरै चित्त दुखेको उल्येख गरेकी छिन् ।
उनले भनिन्,‘म धेरै रोए । भित्तामा टाउको ठोके । आँसु सकियो जस्तो लागेको थियो ।’

भिडियो लिंक :

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ४ : ०० बजे