३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


धरानका मेयर हर्क साम्पाङबाट प्रभावित हुँदै ऋषिपत्नी एलिजा गौत्तमले त्यागिन् सक्रिय राजनीनि



२१ असार । केही समयअघि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी अभिनेत्री तथा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौत्तमले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी छिन् ।
उनलाई पार्टीले महिला विभाग प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।
अभिनेत्री गौत्तमले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिदै उनले धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहेको र उनीप्रति सधैं उच्च सम्मान रहेको उल्येख गरेकी छिन् । भनले भनेकी छिन्,‘देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।’
अभिनेत्री गौत्तमले श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको र निकै खुशी लागेको बताएकी छिन् । उनले मेयरसँग वृक्षरोपण गरेकी थिइन् भनिन् र व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छिन् ।
दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्क राईको काम हेर्न अनुरोध समेत गरेकी छिन् ।
सामाजिक कामको सिलसिलामा धरान आएकी अभिनेत्री गौत्तम आगामी दिन समाजसेवामा नै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।