२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लगनखेलको प्रहरी चौकी हटाउने महानगरको निर्णयविरुद्ध प्रदर्शन



२१ असार । ललितपुर महानगरपालिका र वडा नम्बर १२ ले केही दिनअघि लगनखेल बसपार्कमा रहेको प्रहरी चौकी लगायतका संरचना हटाएर व्यापारिक कम्प्लेक्स बनाउन गरेको निर्णयविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन्।
२१ वटा स्थानीय टोलसुधार लगायतका संघसंस्थाहरूले आज लगनखेल बसपार्कमा जुलुससहित जम्मा भई महानगरको पुल्चोकस्थित कार्यालयअघि भेला भएर नाराबाजी गरेका हुन्।

प्रदर्शनको क्रममा सहभागीहरूले ‘भूमाफिया मुर्दावाद’,’व्यापारिक कम्प्लेक्स चाहिँदैन’, ‘प्रहरीचौकी हटाउन पाइँदैन’, ‘सार्वजनिक जग्गा खाली गर’, ‘महानगरको निर्णय फिर्ता गर’ जस्ता नारा लगाएका थिए।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।