१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको पानीपोखरीमा बसको ठक्करपछि बृद्धाको मृत्यु



चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु भएको हो

२१ असार । काठमाडौं महानगरपालिका ३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिंदा एक बृद्धाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार सोही महानगरपालिका ४ चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै ग्राण्डी अस्पताल टोखामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुबै सवारी साधनको चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ४३ बजे