१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लेले रत्नपार्क साझा बस सञ्चालन, विद्युतीय बस चलाउने तयारी



जग्गा पहिचान भइसहेको छ । चार्जिङ स्टेशन निर्माण भएपछि विद्युतीय बस थपिन्छ

२१ असार । मध्य ललितपुरको लेलेबाट रत्नपार्कसम्म साझा यातयात चल्न सुरु गरेको छ ।
विहीबार विहान ललितपुरको लेलेबाट ४ वटा बस सञ्चालनमा आएको हो । गोदावरी ५ लेले वसपार्कबाट टिकाभैरव टाहाखेल, चापागाँउ, ठेचो, सुनाकोठी सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल,त्रिपुरेश्वर, सुधारा हुँदै बस रत्नपार्क रुट चलेको हो ।
ढोलाहिटी चापागाँउ सडक साँधुरो भएको कारण साझ बस चल्न कठीन हुने भन्दै सर्वसाधारणले चासो देखाएका छन् । लामो समयदेखि साझा यातयातले यो रुटमा बस सञ्चालनको तयारी गरे पनि साँघुरो सडक र लेले नल्लुको ढुंगा खानीबाट टिपर चल्ने हुँदा कठीन हुने भन्दै पञ्छिदै आएको थियो ।
गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले आज लेले वसपार्कबाट बस सञ्चालनको उद्घाटन गरे । मेयर महर्जनले गोदावरी नगरपालिकाबाट साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानी गरि डिजेलबाट चल्ने चार वटा गाडीलाई सञ्चालनमा ल्याएको बताए । उनले के कति प्रतिशत साझा यातयातमा लगानी गरेको भन्ने विषय भने खुलाएनन् ।
गोदावरी नगरपालिकामा चार्जिङ स्टेशन निर्माणसँगै केही समयमै विद्युतीय बस सञ्चालन हुने समेत मेयर महर्जनले खुलासा गरे । उनले भने, जग्गा पहिचान भइसहेको छ । चार्जिङ स्टेशन निर्माण भएपछि विद्युतीय बस थपिन्छ ।
साझा बस सञ्चालनसँगै मध्य तथा दक्षिण ललितपुरमा सार्वजनिक यायतयातको क्षेत्रमा देखिएका बेथितीमा न्युनिकरण हुने आशा जागेको स्थानीयहरु बताउछन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।