३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले मागे माफी



२३ असार । चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले एक महिनापछि सामाजिक सञ्जाल ट्वीटरमार्फत माफी मागेका छन् ।
चलचित्रले सनातनी हिन्दु धर्मको गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र भएको थियो ।
उनल आफ्नो ट्वीटर अकाण्टमा लेखेका छन् ,‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’
नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाइएको थियो ।

चलचित्रका लेखेका संवाद र भिएफएक्समा रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका बिभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्धा दर्ता भएको थियो ।

चलचित्र विवादमा परेसँगै उनले प्रतिवाद गर्दै माफी माग्न अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।