७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


चन्द्रागिरी केबुलकार चढ्न सोमबार साँझ २ सय मात्रै !



२३ असार । साँझपख चन्द्रागिरी घुम्न जान मन लागेको छ । चिन्ता नगर्नुस् अव तपाईले २ सय रुपैयाँमै जान आउन सक्नु हुनेछ । त्यसका लागि चन्द्रागिरी हिल्सले सोमबार साँझ ५ देखी ९ बजेसम्म प्रतिव्यक्ति २ सय रूपैयाँमा टिकट उपलब्ध गराउने जानकारी दिएको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी डाँडामा अवस्थित भालेश्वर मन्दिर दर्शन गर्न पुगेका सर्वसाधारणको भीड । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको देखिन्छ । तस्वीर : रत्न श्रेष्ठ\रासस

चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिरमा हरेक सोमबार हुने आरतीमा धार्मिक पर्यटन भित्राउन यो योजना ल्याएको हो । भालेश्वर मन्दिरलाई तीर्थस्थलको रुपमा विकास गरेर धार्मिक पर्यटन प्रबद्र्धन गर्ने रणनितीक योजना कार्यन्वयन गर्न हिल्सले यो योजना सार्वजनिक गरेको हो ।
राजधानीको सुन्दर र शान्त स्थल चन्द्रागिरी पछिल्लो समय आर्कशक गन्तव्यको रुपमा विकसित भइरहेको छ ।
हिल्सले प्रतिव्यक्ति ७ सय रुपैया शुल्क लिएर केवुलकारको टिकट बिक्रि गरिरहेको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ५ : ३२ बजे