२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डोटीमा घर भत्किँदा महिलाको मृत्यु



घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका ५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो
२३ असार । डोटीमा गए राति घर भत्किँदा एक  महिलाको मृत्यु भएको छ ।
घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका ५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।
प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।