३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘दी कार्लाेभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा देखाइयो चलचित्र ‘गुराँस’



२३ असार । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लाेभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ ।
चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिएका छन् । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ”, राईले भने ।
सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी थिइन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् । “यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उनले भनिन्, “गुराँस पनि यहीँ हेरेँ ।” चलचित्र गुराँसमा उनले आमाको भूमिका निर्वाह गरेकी छिन् ।
नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेका छ भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ११ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।