१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री आँचल शर्माले आफ्नो चरित्र हत्या गरेको भन्दै दिइन् साइवर क्राइममा उजुरी



२४ असार । शनिबार भोटाहिटीस्थित साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
उनले आफ्नो र श्रीमान् उदिपको चरित्र हत्या हुनेगरि सामाजिक सञ्जालमा विभिन्न गालीगलैजा हुन थालेको भन्दै फेसबुक पेजहरुविरुद्ध साइवर क्राइमविरुद्धको उजुरी दिएकी हुन् ।

 

उनले सामाजिक सञ्जालमार्फत गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको बताएकी छिन् ।
‘यस्ता कुरामा धेरै रियाक्ट नगरुँ भन्दा भन्दै सहनै नसक्ने भएर कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु ।’
एनले आफूर्लाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन कृपया बन्द गर्न आग्रहरसमेत गरेकी छिन् ।
आँचलले दिएको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गर्न आग्रह गरिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।


अभिनेता दयाहाङ राईले तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन ।’
यस्तो छ आँचलको भनाई :
गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै रियाक्ट नगरुँ भन्दा भन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु । जजसले जसको उक्साहटमा यो सब गरिरहनु भएको छ, तपाईँहरुको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन कृपया बन्द गर्नुस् ।
यस्तो छ दयाहाङको भनाई :
अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।
त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : १८ बजे