१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२० लाखले हेरे धुर्मुस सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो’



आइतबार विहान १२ दिनसम्म २० लाख ८७ हजार दर्शकले हेरेका छन् । भिडियोमा ४१ हजार लाइक छ भने १ हजार २ सय असी कमेन्ट लेखिएको छ

२४ असार । लामो समय नेपाली कला क्षेत्रमा निश्क्रिय ‘धुर्मुस सुन्तली’को उपनामबाट परिचित सिताराम कट्टेल र कुञ्जना घिमिरे वेभ चलचित्र ‘म त मर्छु कि क्या हो’ लिएर आएका छन् ।
कला क्षेत्रमा उनीहरुको पुर्नरोदय सुखद देखिएको छ । चलचित्र युट्युवमा आएको गएको असार ११ गते सार्वजनिक भएको यो भिडियो आइतबार विहान १२ दिनसम्म २० लाख ८७ हजार दर्शकले हेरेका छन् । भिडियोमा ४१ हजार लाइक छ भने १ हजार २ सय असी कमेन्ट लेखिएको छ ।
उनीहरुको चलचित्रमा धेरैले सकारात्मक प्रतिकृया दिएका छन् । दर्शकहरुले यस्तै चलचित्र लिएर आउन सुझाव दिदै समाजसेवा कलाकारहरुको काम नभएको धेरैको प्रतिकृया पढ्न सकिन्छ ।

कोरोना महामारीको समयलाई सदुपयोग गर्दै निर्माण गरिएको यस चलचित्र चितवनमा छायांकन गरिएको छ । सिताराम कट्टेल र कुञ्जना घिमिरेसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय हेर्न पाइन्छ ।
सुदिप बरालको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् ।
२०७२ सालको भुकम्पपछि कलाकारिता क्षेत्रलाई थाँती राख्दै समाजसेवामा होमिएका ‘धुर्मुस सुन्तली’ले देशका विभिन्न स्थानमा एकीकृत नमूना पहरी बस्ती,एकीकृत नमूना गिरानचौर बस्ती, एकीकृत नमूना गिरानचौर बस्ती,एकीकृत नमूना सन्तपुर बस्ती,वीर अस्पताल सफाई अभियानसँगै चितवनमा गौत्तमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान सुरु गरेका थिए ।
रंगशाला निर्माणअभियान कोरोना माहामारीपछि ऋणका कारण संकटमा फसेपछि उनीहरु केही समयसम्म गुमनाममा थिए ।

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : २४ बजे