३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बोल्दै नबोलेको कुरामा अफवाह नफैलाउन दयाहाङ राईको आग्रह



२४ असार । अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमा अभिनेत्री आँचल शर्माले आफूबारे बोल्दै नबोलेको कुरामा अफवाह फैलाएको विषयमा आपत्ति जनाएका छन्।

केही फेसबुक पेजले अभिनेत्री आँचलले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै अफवाह फैलाएका थिए।

यस अफवाहप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दयाहाङले लेखेका छन्, ’आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन। एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन्। त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु।’

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।