१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक तथा अभिनेता रविन तामाङप्रति अन्तिम श्रद्धाञ्जली



नक्सालस्थित नेपाल संगीत तथा नाट्य एकेडेमीमा उनलाई संगीत तथा चलचित्र क्षेत्रका गायक तथा कलाकारहरुसहित सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिए

 

२४ असार । केही दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेका गायक तथा अभिनेता रविन तामाङप्रति राजधानीमा आज अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

नक्सालस्थित नेपाल संगीत तथा नाट्य एकेडेमीमा उनलाई संगीत तथा चलचित्र क्षेत्रका गायक तथा कलाकारहरुसहित सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिए ।
उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए ।
श्रद्धाञ्जली दिन सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र कांग्रेस महामन्त्री गगन थापा समेत सहभागी भए ।
श्रद्धाञ्जली दिने क्रममा उनले गाएर गीतहरु समेत बजाइएको थियो ।

रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गरिदैछ ।

नेपाली रक संगीतलाई स्थापित गर्न गायक तामाङमने विषेश योगदान छ ।

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ५६ बजे