२४ असार । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत धु्रवप्रसाद अर्याल छन्।
घिमिरेलाई भक्तपुर र अर्याललाई कलंकीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनीहरु पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।
२४ असार २०८०, आइतबार
0
Shares








प्रतिक्रिया