१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनले भने, प्रधानमन्त्रीले छुट पाउनु भयो, मैले पाइँन’



२४ असार । काठमाडौं महानगरका मेयर बालेन शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूले सवोच्च अदातलको मुद्दा झेल्नु परेको तर प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा छुट पाएको गुनासो गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सवोच्च अदातलले जारी गरेको तारिकको कागजको तस्विर पनि सार्वजनिक गरेका छन् ।
उनले आजको दिनलाई विशेष दिनको व्याख्या समेत गरेका छन् । भने आफूलाई,‘ म आज बाट अपराधी ।’ भन्दै लेखेका छन् ।

 

 

 

यस्तो छ मेयर बालेनको भनाई ः
आज एउटा विशेष दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।