२५ असार । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । यसको प्रभाव भूगोलगत रुपमा हेर्दा काठमाडौं उपत्यका सबैभन्दा बढी मूल्यवृद्धिको चापमा देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१९ प्रतिशत देखिन्छ । जेठ मसान्तसम्म तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशतको मुद्रास्फीति रहेको छ । गत वर्षको यही अवधिमा भने काठमाडौंमा ८.३२, तराईमा ८.२९, पहाडमा ९.२८ र हिमालमा ९.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
प्रतिक्रिया