७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी छम्पीमा पशु प्राविधिकले स्पिकरमा बाघको आवाज बजाएर त्रसित पारेपछि…



२७ असार । ललितपुरको गोदावरी नगरपालिका ९ छम्पीमा स्पिकरमा ब्लुटुथमार्फत बाघको आवाज निकाल्दै त्रसित बनाउने एक जनालाई गल्ती नदोहोर्याउने सर्तमा छोडिएको छ । डुकुछप टोकलमाठका ईश्वर पाण्डेले स्पिकरमा ब्लुटुथमार्फत बाघको आवाज बजाएर स्थानीयलाई त्रसित बनाएका थिए ।
सोमबार बिहानैदेखि बाघ कराएको आवाज बजाएका उनले मंगलबार पनि उक्त आवाज बजाएका थिए ।
बाघको आवाज आउन बन्द नभएपछि मंगलबार स्थानीयले प्रहरी प्रशासनलाई गुहारेका थिए । स्थानीय र फर्सीडोल प्रहरी प्रभाग प्रमुख मधुसूदन विष्टसहितका प्रहरीले खोजी तीव्र पारे । अन्त्यमा उक्त आवाज डुकुछप टोकलमाठका ईश्वर पाण्डेले स्पिकरमा ब्लुटुथमार्फत बाघको आवाज बजाएको पाइएको थियो ।
गोदावरी नगरपालिका ८ को वडा पशु प्राविधिक (नगरपालिकाका कर्मचारी) समेत रहेका पाण्डेले गल्ती स्वीकार गरेका थिए । उनले यस्तो गल्ती नदोहोर्याउने वाचा गरे ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।