२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको निधन



२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सिता दाहालको नर्भिक अस्पतालमा निधन भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।

उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उनको निधनको खबरसँगै प्रधानमन्त्री दाहाल अहिले नर्भिक अस्पताल पुगेका छन् ।
उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने सचिवालयले जानकारी दिएको छ । उनको शव २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने सचिवालयको भनाई छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।