२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२ वर्षदेखि अचेत थिइन् सीता दाहाल



२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल २ वर्षदेखि अचेत थिइन् । उनको बुधबार बिहान निधन भएको छ।
बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालले उनलाई मृत घोषित गरेको हो। श्वासप्रश्वासमा समस्या आएपछि बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अस्पताल ल्याइएको थियो।
त्यहाँ खटिएकी नर्सले श्वासप्रश्वासमा समस्या देखिएको भन्दै खबर गरेपछि प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मासहितको टोलीले उनलाई अस्पताल ल्याएको थियो। अस्पतालमा ’इमर्जेन्सी बेसिक लाइफ’ सपोर्टमा राखिएको तर बचाउन नसकिएपछि बिहान ८ः३३ बजे मृत घोषणा गरिएको डा. शर्माले जानकारी दिए।

सीता विगत २ वर्षदेखि ओछ्यानमै अचेत पल्टिरहेकी थिइन्। उनलाई केही समययता प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा निजी नर्ससहित राखिएको थियो।

सीतालाई प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) थियो। त्यससँगै डायबिटिज, हाइपरटेन्सन र ब्लड प्रेसर रोग थियो। सीताले दुई वर्षदेखि ’रेस्पोन्स’ नगरेको डा. शर्माले बताए। उनलाई पाइपबाट खाना खुवाइन्थ्यो।

ओछ्यानमा पल्टिरहेकी उनी बोल्न र हिँडडुल गर्न सक्नुहुन्न। हातखुट्टा नचल्ने उनी आँखा जुधाएर हेर्न सक्दैन थिइन्।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।