२७ असार । काठमाडौं महानगरपालिका अगाडि मेयर बालेन शाहविरुद्ध विरोध प्रदर्शन गरिएको छ । काठमाडौंमा सञ्चालित साना व्यापारी र व्यवसायीहरुले गरी खाने वातावरण बनाइदिन माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्लेकार्ड बोकेर महानगरपालिकाका मेयर बालेन्द्र शाहले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘गैरकानुनी प्रहरी परिचालन बन्द गर’‚ ‘सबैका लागि बस्नयोग्य काठमाडौं’‚ ‘विकास कसका लागि’‚ ‘शहर कसका लागि’‚ ‘शहर धनीका लागि कि सबैका लागि ?’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया