१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता भुवन केसीले हारे अभिनेत्री साम्राज्ञीविरुद्धको मुद्दा



२७ असार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।

केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । त्यसवेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो । केसी र शाह वाक युद्धमा उत्रिएका थिए ।
केसीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ५२ बजे