१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राजधानीमा चलचित्र ‘बगान’ प्रिमियरका शुभेच्छुकको प्रतिकृया, ‘राम्रो छ’ (तस्विरहरु)



 

२८ असार । राजधानीमा बुधबार साँझ चलचित्र ‘बगान’को प्रिमियर आयोजना गरिएको छ । प्रिमियरमा सहभागी कलाकार, पत्रकार र शुभेच्छुकहरुले विभिन्न प्रतिकृया दिएका छन् ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन् ।
“एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ”, उनले भनिन् ।

विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए । चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँसु रोक्न नसकेको प्रतिक्रिया दिए । उनले कथ्यशैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत भएको पाएको र भिनेता सरोज खनालको भूमिका महत्वपूर्ण रहेको प्रतिकृया दिए ।


अभिनेत्री दिपाश्री निरौलाले चलचित्र अभिनेत्री करिष्मा मानन्धरको अभिनय उत्कृष्ट रहेको बताइन् । भनिन्, ‘अभिनेत्री करिष्माको अभिनय झन् निसारिएको पाए ।’
अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताइन् । “यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ । यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ । म प्रतिनिधि पात्र मात्र हुँ ।”

यसै चलचित्रमार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताइन् । आफूले निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरेंको र पाएकोे प्रतिक्रियाले उत्साहित बनेको बताइन् ।

चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको तर्क गरे । तीन दशकको अभिनयको अनुभव सङ्गाल्दै निर्देशक बनेका अभिनेता खनालले आफूलाई कथावाचक भन्न रुचाउने बताउदै आफुले त कथा र पात्रलाई भेट गराएको बताएका छन् ।

चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा तयार भएको चलचित्र बगानमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । सो चलचित्र यही असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ३ : ०२ बजे