१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा बुधबार तीन जना मृत अवस्थामा फेला



२८ असार । राजधानीमा बुधबार तीन जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले जानकारी दिएको जानकारी अनुसार महानगरपालिका ३० डिल्लीबजारमा एक गोदाममा युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार रौतहट घर भएका शम्भु साहको गोदाममा काम गर्ने बारा सुवर्ण गाउँपालिका ३० औरीया घर भई काठमाडौं डिल्लीबजार बस्ने ३० वर्षीय जयलाल राम अवस्थामा फेला परेका छन् ।
राजधानीमा थप दुई जना मृत अवस्थामा फेला परे ।
काठमाडौं महानगरपालिका १९ यट्खास्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष र सोही महानगरपालिका ३१ शान्तिनगर सुकुम्बासी डेरा गरी बस्ने हाल नाम, थर, वतन, नखुलेकी करिब ३६ वर्षीया महिला आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनाहरुका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ३ : २३ बजे