३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणार्थी प्रकरणः पक्राउ परे नयाँबजारका तुलाधर



२८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंको असन घर भइ नयाँबजार खुसिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो ।

तुलाधरलाई बुधबार काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । तुलाधरलाई ठगी तथा संगठित अपराधको असुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुली गरेर ठगी गरेको भन्दै तुलाधरविरुद्ध गजेन्द्र बुढाथोकी लगायत पीडितले जाहेरी दिएका छन् ।

 

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।