२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायककी नगरकोटीको शव फेला



२८ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित मोर्डन स्कुल नजिकैको जंगलमा हराएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
सूर्यविनायक नगरपालिका ७ बस्ने ३८ वर्षीय माया नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेकी हुन्। अस्थायी प्रहरी पोष्ट गुण्डुबाट प्रहरी सहायक निरीक्षक रामबहादुर मगरको टोलीले खोजतलास गर्दै जाने क्रममा उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीका अनुसार उनी असार १३ गते बिहान साढे सात बजेदेखि हराइरहेकी थिइन्।

घटनास्थल सुरक्षित साथ राखी उक्त स्थानमा वृत्त जगातीबाट घटनास्थल मुचुल्का लगायत अनुसन्धानको लागी प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा दश जनाको टोली खटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। उक्त स्थान वृत्त जगातीबाट अन्दाजी ५ किलोमिटर दक्षिण पश्चिम पर्दछ। यसअघि खोजतलासको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीय ४ कुकुरसहित खोजी कार्य भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।