१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र छायाङ्कन, स्टुडियो निर्माणका लागि मन्त्रीपरिषदले दियो स्वीकृती



बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कूल जम्मा दुई दशमलव ५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ

२८ असार । विहीबारको मन्त्रीपरिषदको बैठकले अत्याधुनिक चलचित्र छायाङ्कन, स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कूल जम्मा दुई दशमलव ५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ ।
मन्त्रीपरिषद्ले जग्गा प्राप्तीको स्वीकृती दिएसँगै चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले खुशी व्यक्त गरेका छन् । उनले नेपाली चलचित्रको वृद्धि विकाससँगै पुरा नेपाललाई नै अन्तराष्ट्रिय चलचित्रहरुको लागि समेत खुला स्टुडियोको रुपमा प्रचारप्रसार गरिरहेको अध्यक्ष केसीले उल्येख गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ४ : ४१ बजे