२९ असार । केही दिनदेखि सामान्य बर्षा भइरहेको पछिल्लो मौसम अव फेरि पूर्ण बदलीतर्फ अघि बढेको छ ।
केही समयदखि औसत दक्षिण तर्फ रहेको मौसमी बायु उत्तरतर्फ सर्ने सक्भावना रहेको र्मासम विज्ञान विभागले जानकारी दिएको छ ।
आज देउँसो सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ।







प्रतिक्रिया