२९ असार । रातोपुलस्थित निवासमा मृत भेटिएका अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्युको घटनाबारे छानबिन गर्न कलाकारले माग गरेका छन् । पूर्वमिस नेपाल तथा अभिनेत्रीहरु सृष्टि श्रेष्ठ, मलिना जोशी, अभिनेत्री स्वस्तिमा खड्कासहित फिल्मकर्मीले ताम्राकारको निधनको निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न आग्रह गरेका छन् ।
सारुककी मिल्ने साथी समेत रहेकी मलिनाले इन्स्टाग्राममार्फत सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाएर दोषीलाई कारवाही गर्न भनेकी छन् ।
साथै राजधानीका आयोजित अन्तक्रियामा कलाकार संघका अध्यक्ष मोहन निरौलाले घटनाबारे आफूहरु बुझिरहेको बताए । उनले भने, मैले परिवारलाई पनि भेट गरेको छु । घटनाबारे सञ्चारमाध्यमहरुले लेख्दा हुन्छ । अपराधिक घटना घटेको हुनसक्ने भन्दै पत्रकारले घटनाबारे कलाकार संघ नबोलेको भन्दै प्रश्न गरेका थिए ।
प्रतिक्रिया