७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेलमा ल्याइयो पोथी कृष्णसार



३० असार । बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माऊबाट विछोड भएको अवस्थामा उक्त पोथी कृष्णसार भेटिएको थियो ।
बार्दिया संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनयकुमार झाका अनुसार पोथी कृष्णसारको बच्चालाई वन्यजन्तु संरक्षणकर्मीको निगरानीमा रेखदेख गरिएको छ । चेल्सीलाई दिनमा चार पटकसम्म दूध खुवाउने गरिएको उनले बताए। वन्यजन्तुलाई बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नियमित पालनपोषण तथा रेखदेख गरिँदै आइएको उनको भनाइ थियो ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको निर्णयअनुरुप दुर्लभ वन्यजन्तुअन्तर्गत पर्ने कृष्णसारलाई वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको झाले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  २ : ३८ बजे