२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


श्रमिकलाई बिनाकारण फर्काइएको भन्दै अध्यागमनको कार्यालयमा प्रदर्शन



३१ असार । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई फर्काइएपछि वैदेशिक रोजगार व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा उनीहरूले अध्यागमन कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायत देशमा जान लागेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइरहेपछि आज (आइतबार) संघले विरोध प्रदर्शन गरेको हो।

अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने संघले बताएको छ। अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने व्यवसायीहरुको भनाइ छ।

संघका अनुसार ‘कुवेत, जोर्डनलगायत देशमा रोजगारीका लागि हिँडेका झन्डै २०० नेपालीलाई बिनाकारण अध्यागमनले फर्काएको छ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।