२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेलको देविस्थान डाँडाबाट प्याराग्लाइडिङ शुरु



३१ काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देविस्थान डाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ। विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा ५ हजार ५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो।
उक्त व्यावसायिक उडानको पूर्व मन्त्री एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरे। साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले संघीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।