३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहकारी पीडितको समस्या समाधान गर्न नेता गगन थापाको माग



 

३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा उहाँले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका छन् ।

सांसद थापाले भने, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन्, उनीहरूको आवाज राज्यले सुन्नैपर्छ किनकी उनीहरूको जे अवस्था भएको छ, यसको जिम्मेवार केही हदसम्म्म राज्य पनि हो ।”

सांसद अच्युतप्रसाद मैनालीले भने, “अहिले मानो रोपेर मुरी फलाउने समय हो तर अहिले इतिहासमै नभएको सुक्खा याम छ, जमिनको सतहभन्दा धेरै तल पानी पुगेको छ, सिँचाइका लागि मात्र होइन, पिउने पानी पनि पाउन समस्या छ ।” उनले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तदारूकताका साथ निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसदहरू अजयकुमार चौरसिया, अमरबहादुर थापा, अर्जुननरसिंह केसी, आस्माकुमारी चौधरी, असिम शाह, ईश्वरबहादुर रिजाल, अनिशा नेपाली, अशोककुमार चौधरी, ईश्वरी घर्ती, उर्मिला माझी, कालुराम राई, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, गोमा सापकोटा, गङ्गा कार्की, चित्रबहादुर केसी लागयतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।