१ साउन । एलओडी क्लबका म्यानेजर र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाैंस्थित एलओडीका म्यानेजर सहदेव सेढाईं र काउन्टरमा कार्यरत सपना ढुंगाना पक्राउ परेका हुन् ।
बालिकालाई क्लबमा प्रवेश गराएको भन्दै प्रहरीले सेढाईं र ढुंगानालाई नियन्त्रणमा लिइएकाे हाे । प्रहरीले उनीहरूमाथि अनुसन्धान थालेकाे छ । केहि दिनअघि एलओडी गएकी एक नाबालिकामाथि बलात्कार भएकी थिइन् ।
१६ वर्षकी ती बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै प्रहरीले एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ गरेकाे थियाे ।यद्धपी घटनाकाे समयमा क्लबमा उनीहरू नभएकाे देखिपछि रिहा भएका थिए ।
प्रतिक्रिया