२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


शहर सफा राख्‍न ललितपुर महानगरले ल्यायो नयाँ प्रविधि



१ साउन । ललितपुर महानगर पालिकालाई सुन्दर सफा सहरका रुपमा बिकास गर्न महानगरले नयाँ प्रविधिको सुरुवात गरेको छ ।

महानगरले सडकलाई धूलोमुक्त बनाउनुकासाथै सडकको दायाँबायाँ हरियाली कायम गर्न ६ हजार ५ सय लिटर क्षमता भएको ‘रोड वाटर स्प्रिङकल्स’बाट पानी र हावाको सहयोगमा एकै चोटी सडक सफा गर्न सक्ने प्रविधि प्रयोगमा ल्याएको हो ।

उक्त प्रविधिको शुुभारम्भ गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार नयाँ प्रविधिबाट सहर सौन्दर्यीकरण योजना अघि बढाइएको बताए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।