२ साउन । चलचित्र ‘बगान’को प्रचारप्रसारका क्रममा काठमाडौंका सार्वजनिक स्थलमा प्रचार प्रसार गर्ने क्रममा पोस्टर टाँसेपछि काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ ।
चलचित्रका निर्माता सुरेश वाग्लेले सामाजिक सञ्जालमा विल सार्वजनिक गर्दै महानगरले महानगरका प्रहरी प्रमुख राजु पाण्डेले मिडियाबाजी गर्नुभन्दा आफूहरुलाई जानकारी गराएको भए कमजोरी सच्चाउने लेखेका छन् । उनले मेयर बालेनले हिन्दी चलचित्र चाही रोकेको तर नेपाली चलचित्रलाई नसघाएको आरोप लगाएका छन् ।
काठमाडौं महानगरले विभिन्न स्थानमा पोस्टर टाँसेको भन्दै ५० हजार जरिवाना तिराएको सार्वजनिक विलमा उल्येख छ ।
चलचित्रको पोष्टर टाँसेर दृश्य प्रदुषण तथा फोहरमैला गरेरको महानगरको भनाई छ । ।
महानगरपालिकाले यस अघि पनि निर्माताहरु शहर फोहोर गरेको भन्दै जरिवाना तिराइसकेको छ ।
शुक्रबारदेखि प्रर्दशनमा आएको चलचित्र ‘बगान’को सरोज खनाल निर्देशन गरेका छन् भने फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया